१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बर्रोहियाबाट एक युवालाई अपहरण गरेको आशंकामा स्थानीय द्धारा भ्यानमाथी तोडफोड



मायादेवी अनलाइन ।
कपिलवस्तुको मायादेवी १ बर्रोहियाबाट एक युवालाई पुनस्र्थापना केन्द्र भैरहवा लैजाने क्रममा स्थानीयले भ्यानमाथी तोडफोड गरेका छन् । लाइफ केयर ड्रग एण्ड अल्कोहल उपचार तथा पुनस्र्थापना केन्द्र भैरहवाका प्रतिनीधिले जर्वजस्ती युवालाई भ्यानमा लैजान थालेपछि अपहरणको आशंकामा स्थानीय द्धारा भ्यानमाथी तोडफोड गरेका हुन् । स्थानीय हैदर अलीलाई सुधार केन्द्रमा लैजान केन्द्रका प्रतिनिधी भ्यान लिएर आउदा उक्त घटना भएको हो ।
बर्रोहिया चोकमा अन्दाजी १९ वर्षीय हैदर पानको टंकी संचालन गर्दै आएका छन् । हैदर अली नवाज पढ्न गएका बेला पसलमा बसेको अर्का एक युवालाई जर्वजस्ती लिएर जादा स्थानीयले विरोध गरेका थिए । म हैदर अली होइन, म उसको पसलमा एकछिन बसेको हु भन्दा पनि जर्वजस्ती गरी केन्द्रका प्रतिनिधीले लैजान खोज्दा असामान्य स्थिती बनेको स्थानीय पत्रकार सुरेश पाण्डेले जानकारी दिए । सो क्रममा केन्द्रमा लैजान आएको भाडाको भ्यानमा क्षति पुगेको छ भने एकजनालाई सामान्य चोटपटक लागेको बताइएको छ ।
उता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिनुभयो । घटनापछि क्षति भएको भ्यान र केन्द्रका प्रतिनिधी प्रहरीको नियन्त्रणमा रहेका छन् । थापाका अनुसार अपहरण गरेको हुनसक्ने आशंकाले स्थानीयबाट समस्या सिर्जना भएको र प्रहरीले खवर पाउना साथ सुरक्षा निकाय परिचालन भई थप क्षति हुनबाट जोगाएको छ । केन्द्रका प्रतिनिधीले स्थानीय प्रहरीसंग समन्वय नहुँदा यस्तो समस्या आएको डिएसपी थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०८० सोमबार ००:००  ४ : ४७ बजे