१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुको बाणगंगाबाट लागूपदार्थ ओसारपसार गर्ने मुख्य नाइके पक्राउ



मायादेवी अनलाइन, बाणगंगा।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं‍ ७ घेरुवा बनगाई चोकबाट लागूपदार्थ कारोवार गरिरहेको अवस्थामा प्रहरीले रङ्गेहात ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लागूपदार्थ ओसारपसार तथा बेचविखन गर्ने मुख्य नाइके वर्ष ३६ को ज्ञानराज परियार र सोही कार्यमा संलग्‍न देवबहादुर जिसी, सजिब क्षेत्री, आकाश परियार रहेका छन् ।

विशेष सुराकीको आधारमा १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने वस्तु प्लास्टिकमा पोको पारेर बिक्री वितरणका लागि तयार गरिएको अवस्थामा प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई लागुपदार्थ बेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप्‍ने तयारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएकाे छ ।

प्रकाशित मिति : २ आश्विन २०८० मंगलबार ००:००  ८ : २२ बजे