१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तिलोत्तमामा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो



काठमाडौँ ।
रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका–९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको थियो ।

विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको हो । घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८० मंगलबार ००:००  १२ : ०५ बजे