१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता निष्‍कर्षविहीन, आन्दोलन जारी रहने



मायादेवी अनलाइन, काठमाडौँ ।

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।

दुई पक्षबीचको वार्तामा बुँदागत रुपमा छलफल भएको भन्दै शिक्षा मन्त्री अशोक राईले  छलफल भएको बताए । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान टुंगो लगाइने बताए । दुई पक्षबीच भोलि बिहान ८ बजे फेरि वार्ता हुने उनले बताए ।

यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले अहिले सामान्य छलफलमात्रै भएको बताए । उनले भने,’औपचारिक वार्ता गर्न कमिटीका लागि पत्र लेखिँदैछ, त्यसअघि अनौपचारिक वार्ता हुन्छ । भोलिमात्रै वार्ता बस्छौँ । बिहानको वार्ता सुरक्षामामात्रै केन्द्रित भएको छ । वार्ताको लागि माहोल तयार मात्रै भएको हो । पत्र दिएपछि औपचारिक वार्ता हुन्छ ।’  

अध्यक्ष भण्डारीले सहमति नभएसम्म आन्दोलन जारी रहने बताए । 

प्रकाशित मिति : ४ आश्विन २०८० बिहिबार ००:००  ९ : ३७ बजे