१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घको आह्वान



एजेन्सी ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ ।

महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताउनुभयो । आणविक हतियार हटाएर मानवीय प्रकोपलाई मुक्त गर्न सकिने उहाँको भनाइ छ ।

महासचिव गुटेरेसले अहिले चिन्ताको विषय हतियारको दौड भएको उल्लेख गर्नुभयो । आणविक हतियार धेरै भएका देशलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न उहाँले आह्वान गर्नुभयो । उहाँले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गर्नुभयो ।

गुटेरेसले आणविक हतियार नियन्त्रणका लागि मानिसहरू बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १० आश्विन २०८० बुधबार ००:००  ४ : ३१ बजे