७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मेची महाकाली जागरण अभियान चलाउँदै एकीकृत समाजवादी



काठमाडौं ।
एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने भएको छ ।

शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, ‘समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने, जनताको सुझाव लिएर अझ स्प्रष्टताका साथ आउन पहलकदमी लिएका छौं ।’

प्रकाशित मिति : १२ आश्विन २०८० शुक्रबार ००:००  ७ : ४१ बजे