५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

युक्रेनी शरणार्थी सन् २०२५ को मार्चसम्म युरोपमा बस्न पाउने



एजेन्सी ।
युरोपेली सङ्घ (ईयू) ले युक्रेनका शरणार्थीलाई ईयूका देशमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि आफ्नै देशबाट पलायन भएका उनीहरूलाई सदस्य देशहरुमा आवासको अधिकार दिइएको हो ।

यो व्यवस्थाले झण्डै चार लाख युक्रेनी शरणार्थीलाई सहज भएको छ । ईयूले युक्रेनी नागरिकलाई आवश्यक सबै सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताउनुभएको छ ।

स्पेन ईयूको वर्तमान अध्यक्ष देश हो । रुसले युक्रेनमा आक्रमण थालेपछि लाखौँ युक्रेनी शरण खोज्न युरोपका अरु देशमा पुगेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८० शुक्रबार ००:००  १० : १३ बजे