१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा साढे ६ क्वीन्टल रक्तचन्दसहित ८ जना प्रहरी नियन्त्रणमा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्वीन्टल रक्तचन्दन जस्तै देखिने काठसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ पत्थरकोटमा चेकजाँचका क्रममा रक्तचन्दन जस्तो देखिने काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

उनले काठ रक्तचन्द जस्तै देखिने राता रहेको र अहिले नै रक्तचन्द हो भन्ने यकीन भने भई नसकेको बताए ।

प्रहरी उपरिक्षक पौडल, प्रहरी नायब उपरिक्षक गंगाा बहादुर थापासहितको टोली बिहानै पत्थरकोट पुगेका छन ।

घटनाको अनुसन्धान र सोधपुछ भइरहेको प्रहरी उपरिक्षक पौडेलले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८० आइतबार ००:००  ९ : ३४ बजे