१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बझाङ भूकम्प : दर्जनौँ घर भत्किए



बझाङ ।
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले थलारा गाउँपालिका–९ को सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयो । भूकम्पका कारण अन्य ठाउँहरुमा समेत घरहरू भत्किएको स्थानीयले जानकारी दिएका छन् ।

भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० दिपेश चौधरीले बताउनुभयो । अहिले क्षतिको विवरण लिने काम भइरहेको उहाँको भनाइ छ ।

यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८० मंगलबार ००:००  ४ : २५ बजे