१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

१९ दिनदेखि बाणगंगाबाट हराएका दुई बालिका सम्पर्कमा आए



कपिलवस्तु ।
कपिलवस्तु बाणगंगा नगरपालिकाबाट विगत १९ दिनदेखि हराएका दुई बालिका फेला परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको सक्रियतामा भएको खोजी तथा उद्धार कार्यपश्चात उनीहरु बुधबार साँझ भेटिएका हुन् ।

प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका वडा नम्बर १ को उत्तमनगर घर भएकी कक्षा १० मा अध्यनरत १५ बर्षीया विष्णु छहारी र वडा नः २ को राजपुरकी १५ बर्षीया सिर्जना ठकुरी बुटवलको मजुवाबाट भेटिएका हुन् ।

उनीहरुको सकुशल उद्धार गरिएको रायमाझीले बताए । सूचना थाहा पाउनासाथ निरन्तरको खोजीपछि उनीहरुलाई भेट्न सफल भएको उनले बताए ।

लामो समयसम्म पनि छोरीहरुको खबर प्राप्त नभएको हुनाले खोजि गरिदिन प्रहरीलाई समेत आग्रह गरेका थिए । त्यसपछि प्रहरी खोजीमा जुटेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८० बिहिबार ००:००  ७ : ५९ बजे