१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले बाणगंगाले एक महिने जनतासँग जनप्रतिनिधि अभियान चलाउँदै



मायादेवी अनलाइन, बाणगंगा।

नेकपा एमाले बाणगंगाले एक महिने जनप्रतिनिधिसँग जनता कार्यक्रम सञ्‍चालन गर्दै छ ।

कपिलवस्तु जिल्ला कमिटीको निर्णय अनुसार नेकपा एमाले बाणगंगा नगर कमिटीले यही असोज २० गतेदेखि कार्तिक २० गतेसम्म एक महिने जनतासँग जनप्रतिनिधि विषयक जनभेटघाट, छलफल तथा गुनासा, सुझाव सल्लाह ग्रहण गर्ने कार्यक्रम सञ्‍चालन गर्न लागेको हो ।

यसलाई नगर भित्र सञ्‍चालन गर्ने क्रममा असोज २० गते बाणगंगा वडा नं. ७ बाट शुभारम्भ गर्ने कार्यक्रम रहेको नगर सचिव एवम वडाअध्यक्ष विष्णु गिरीले बताउनु भयो ।

हरेक टोलबस्तीमा जनप्रतिनिधि पुग्‍ने र जनताका कुरा सुन्‍ने जनतासँग जनप्रतिनिधि विषयक यो अभियानमा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्रतिनिधि सभा १ का सांसद बलराम अधिकारी, प्रदेश १/१ का सांसद विष्णु पन्थी, जसस प्रमुख बाबुराम आचार्य, बाणगंगाका मेयर चक्रपाणी अर्याल, उपमेयर रीता कुमारी चौधरी, वडाअध्यक्षहरु र वडा सदस्यहरु जनताका टोलबस्तीमा गुनासा सुन्‍न सुझाव लिन र भएका काम बताउन परिचालित हुने नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।

जस अनुसार वाबाणगंगा नगरपालिका वडा नं ७ मा २० गते ९ मा २२ गते १० मा २४ गते र ११ मा २६ असोजमा कार्यक्रम हुनेछ । यस्तै वडा नं ६ मा २८ गते ५ मा ३० गते यो अभियान पुग्‍ने बताइएको छ ।

यसपछि स्थगित भएको अभियान दशैपछि १० कार्तिकबाट शुरु हुने प्रदेश क्षेत्र १।१ का संयोजक भेषराज पाण्डेले जानकारी दिनु भयो ।

जस अनुसार वडा नं. १ मा कार्तिक १०, वडा नं २ मा १२ गते, वडा नं ४ मा १४ गते अभियान संचालन हुनेछ ।

जनप्रतिनिधिले सेवा प्रवाह गर्ने कामलाई मध्यनजर राखेर एक दिन बिराएर कार्यक्रम हुनेछ ।

यो कार्यक्रम बिहान ७ बजेबाट शुरु भई साँझ ५ बजेसम्म कायम हुने बाणगंगाका मेयर चक्रपाणी अर्यालले बताउनु भयो ।

प्रकाशित मिति : १९ आश्विन २०८० शुक्रबार ००:००  ८ : १७ बजे