१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अध्यक्षको नेतृत्वमा एमालेको सिंगो गाउँ कमिटी नै एकीकृत समाजवादीमा प्रवेश



बुटवल ।
नेकपा एमाले रोहिणी गाउँ कमिटी रूपन्देहीका अध्यक्ष सुनिल कौशलको नेतृत्वमा सिंगो गाउँ कमिटी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ ।​

कौशलसहितको टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरेका छन् ।

गाउँ कमिटीका पदाधिकारीसँगै ५ वडामा रहेका शाखा कमिटीका अध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तर्गत नेताहरू रुपन्देही आइपुगेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८० आइतबार ००:००  ४ : ५९ बजे