१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालगञ्जमा कर्फ्यू र निषेधाज्ञा दुवै हट्यो



काठमाडौं ।
नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र कर्फ्यू पूर्ण रुपमा हटाएको छ । आज बिहान ४ बजेदेखि निषेधाज्ञा पूर्ण रुपमा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

एक हप्ता अघि नेपालगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८० मंगलबार ००:००  ४ : ४६ बजे