१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हाेटल तथा पर्यटन ब्यवसायीले रोजगारी सिर्जना : मेयर अर्याल



बाबुराम रायमाझी, जितपुर ।

‘युवा स्वरोजगार गुणस्तरिय सेवा हाम्रो पहिचान, व्यावसायिक समृद्धि पर्यटन प्रर्वधन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हाेटल तथा पर्यटन ब्यवसायी संघको दोस्रो साधारणसभा तथा दशै, तिहार एबम छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार कपिलवस्तु उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा हाेटल तथा पर्यटन ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेल र युनाइटेड अस्पतालका संचालक सुन्दर आचार्यले एक अर्को  संस्था बीच  सहकार्य गरी अगाडि जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बाणगंगा नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले व्यवसायमा क्षमता दक्षताकाे साथै प्रतिस्पर्धात्मक एंव् सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने, युवाहरूमा पेशागत पलायनता न्यूनीकरणका लागि पनि होटल तथा पर्यटन ब्यवसायलाई जिवन्त राख्न जरुरी रहेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख चक्रपाणि अर्यालले मुलुकमा हाल आर्थिक मन्दीका कारण हाेटल तथा पर्यटन ब्यबसायी धराशायी हुँदै गएको बताउदै युवाको आकर्षण हाेटल तथा पर्यटन ब्यवसाय रहेको हुदा नगरले राेजगारी र राेजगार सिर्जना गर्ने कार्यमा सहकार्य  एबम समन्वय गर्ने बताए ।

जिल्लामा रहेका धार्मिक, ऎतिहासिक जस्तै तिलौराकोट, जगदीशपुरतालकाे  प्रचार-प्रसारको कमिले ओझेलमा रहेकोे हुँदा यहाँको पर्यटन प्रबर्द्धनको लागि आफूले आफ्नो क्षेत्रबाट सहयोग गर्ने र सम्बन्धित निकायलाई पनि सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाइ, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष  दोलकराम घिमिरे, घरेलु तथा साना उद्योग प्रदेशका कोषाध्यक्ष लक्षमण बेल्बासे, उद्योग परिषदका केन्द्रिय सदस्य उमानाथ पौडेल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा दोस्रो साधारणसभाको बार्षिक प्रगति प्रतिबेदन महासचिव रोमलाल पौडेल र आर्थिक प्रतिबेदन कोषााध्यक्ष  सराेजमणि पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रम सहभागी सबैलाई हाेटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले धन्यवाद प्रदान  गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८० शनिबार ००:००  ४ : ५५ बजे