११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

साइकल प्लाङ्क व्यालेन्सको उपाधि रुपन्देहीका मनिक श्रेष्ठको हातमा



कपिलवस्तु

कपिलवस्तुको बाणगंगामा सञ्चालन भएको दोस्रो साइकल प्लाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधि रुपन्देहीका ११ वर्षीय बालकले जितेका छन् ।

बुटवल उपमहानगरपालिकाका एभरेष्ट बोडिङ्ग स्कुलका कक्षा ६ मा अध्ययनरत मनिक श्रेष्ठले उपाधि जितेका हुन् । उनलाई ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । श्रेष्ठले ५२ मिटरको दूरी १ मिनेट ५६ सेकेन्डमा पार गरेका थिए ।

यसैगरी, दोस्रो स्थानमा धरानका अनीश तामाङले १ मिनेट २५ सेकेन्डमा पार गरेका छन् । तेस्रो स्थानमा कपिलवस्तु बनगाईका शुभम् भट्टराईले १ मिनेट ४० सेकेण्डमा र सान्त्वना बोर्डगाउँका अरुण अर्याल रहेको लायन्स कल्व अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिएका छन् ।

साहसिक खेलमा १२३ जनाले नाम दर्ता गरेको भएपनि एक भारतीयसहित ७४ जना प्रतियोगितामा सहभागी भएका थिए । २४ जनाले निर्धारित दूरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिए । पानी माथि ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दूरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो । नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलिएको थियो ।

नेपालमै पहिलो पटक आयोजना गरेर नाम कमाएको लायन्स कल्व अफ कपिलवस्तुले दोस्रो सस्करणको रुपमा निरन्तरता दिएको लायन सागर घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेले सम्मान स्वरुप विभिन्न गिफ्ट प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८० शनिबार ००:००  ७ : ४१ बजे