२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बैंकहरुले नयाँ नोट नदिएपछि सेवाग्राहीलाई सास्ती



काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गएको सोमवारदेखि नयाँ नोट सटहीको सुविधा दिएको भने पनि धेरै बैंकहरुले नयाँ नोट नभएको भन्दै फर्काउने गरेका छन् । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । तर वाणिज्य बैंकहरुले तोकेको शाखाबाट समेत नोट साट्न आनाकानी गर्दै आएका छन् ।

नयाँ नोट साट्न पुगेका सेवाग्राहीलाई बैंकहरुले नोट नभएको भन्दै रित्तै हात फर्काउने गरेका छन् । कतिपय बैंकहरुले राष्ट्र बैंकबाटै पैसा नआएको जवाफ दिने गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले भने नयाँ नोटको अभाव नभएको र अघिल्ला वर्षझैँ यसपालि पनि बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त नयाँ नोट दिएको जनाएको छ ।

वाणिज्य बैंकहरुले मागेजति नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकको दाबी छ । तर, नयाँ नोट साट्न बैंक पुगेका धेरै सेवाग्राही भने रित्तो हात फर्कन बाध्य छन् । दशैँमा टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र एकसय रुपैयाँको एक, एक प्याकेट गरी १८ हजार ५ सय रुपैयाँसम्मको नयाँ नोट सटही उपलब्ध गराउने बताएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८० बिहिबार ००:००  ८ : ३६ बजे