८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

कपिलवस्तुमा कांग्रेस नेता अधिवेशनकै संघारमा पक्राउ


८ आश्विन २०८३ बिहिबार ००:००  

0
Shares

रुपन्देही । कपिलवस्तुमा नेपाली कांग्रेस बाणगंगा नगर समितिका निवर्तमान सचिव सूर्य बराल चेक बाउन्स मुद्दामा पक्राउ परेका छन् ।

हिजो अधिवेशनको दिन अध्यक्षको दाबी गर्दै आएका बराल पक्राउ परेका हुन् । जिल्ला अदालत कपिलवस्तुको विभिन्न मितिमा भएको फैसलाका आधारमा बराललाई पक्राउ गरेर अदालतमा बुझाएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

उनले अदालतलाई बुझाएपछि बाँकी प्रकृयाका बारेमा जानकारी नभएको बताइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार उनलाई पक्राउ गरी कारागार पठाईएको छ ।

पार्टीको अधिवेशनको मितिमा नगर सभापतिमा उम्मेदारी घोषणा गरिसकेपछि उनलाई पुरानो मुद्दा खोजेर पक्राउ गरिएको भन्दै उनी निकटस्थहरुले असन्तुष्टि जनाएका छन् । अहिले उनी गगन पक्षमै रहेका थिए ।

कपिलस्तु जिल्ला अदालतले बैकिंग कसुरमा उनलाई तीन दिन कैद तथा ७ लाख जरिवानाको सजाय फैसला गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८३ बिहिबार ००:००  ९ : ४३ बजे