४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

समाजसेवी शारदा मल्लको लक्ष्मणघाटमा अत्येष्टी, मन्त्रीद्धारा श्रद्धान्जली



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा- १ शान्तिटोल निवासी समाजसेवी शारदा मल्ल ठकुरीको शुक्रबार विहान लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ । उहाँको मंगलबार बुटवल स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपाली काँग्रेस क्षेत्रीय सदस्य तथा पूर्व वडा सदस्य झलक बहादुर मल्ल ठकुरीकि श्रीमति शारदा मल्ल ठुकुरीको ५४ वर्षको उमेरमा निधन भएको हो।

हिन्दु धार्मिक संस्कार अनुसार मल्लको लक्ष्मणघाटमा दाहसंस्कार गरिएको थियो । त्यहाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्य, नेपाली काँग्रेसका केन्द्रिय सदस्य अतहर कमाल मुसलमान, नेपाली काँग्रेस जिल्ला सभापति अब्दुल कलाम खाँ, पूर्व सभापति राजेश आचार्य लगाएतका नेताहरुले झण्डा ओढाएर एक मिनेट मौन धारणगरी ठकुरी प्रति सम्मान व्यक्त गरेका थिए । दाहसंस्कारमा कांग्रेसका नेता, कार्यकर्ता, छरछिमेकी, आफन्त, शुभचिन्तकको सहभागीता रहेको थियो ।

बाणगंगा- ५ मनोहरापुरमा वि.स. २०२६ असोज १९ गते जन्मिनु भएकी शारदा मल्ल ठकुरीका २ छोरा बुहारी छन् । मल्ल ठकुरीका २ छोरा रबिन विक्रम मल्ल र हिमाल विक्रम मल्लले दागबत्ती दिएका थिए । उनीहरु वैदेशिक रोजगारीमा केही समय देखि बाहिर रहेका छन् ।

गाउँटोल समाजमा सामाजिक सेवामा अग्रसर हुदै सधै सकारात्मक सोच राख्दै आउने व्यक्ति शारदाको निधनले समाजलाई ठुलो क्षति पुगेको छिमेकी लक्ष्मी घिमिरेले मायादेवी अनलाइनलाई बताउनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०८० शुक्रबार ००:००  ८ : २० बजे