२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

आर्थिक मन्दीको मार खसीबोकामा पनि



काठमाडौं ।
यस वर्ष आर्थिक मन्दीको प्रभाव खसीबोकामा पनि परेको छ । अघिल्ला वर्षहरुमा खसीबोका किनबेच गर्ने ठाउँमा मानिसहरुको भिड लाग्ने गरेकोमा यस वर्ष व्यापार नै कम भएको व्यापारीहरुले बताएका छन् ।

बिक्री घटेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको मूल्य फेरि घटाएको छ । सुरुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको खाद्यले मूल्य संशोधन गरेर खसीबोकामा प्रतिकिलो २० र च्याङ्ग्रामा २५ रुपैयाँ छुट दिएको हो ।

बिक्री नै कम भएकोले जति लामो समय पाल्यो त्यत्ति नै बढी खर्च हुने हुँदा भाउ घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले बताउनुभयो । यस्तै, अरु व्यापारीहरुले पनि जिउँदो खसीबोका किलोको ६ सय ४० देखि ५० तोकेकोमा ग्राहकहरुले मोलमोलाई गरेर त्यो भन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भएको बताएका छन् ।

यस वर्ष दुईरतीन घरपरिवार मिलेर एउटा खसीबोका किन्ने तथा थुप्रै मासु पसलहरुमा दशैँका मुख्य दिनको लागि निश्चित मात्रामा मासु अर्डर गर्ने क्रम बढेको भक्तपुरको कौशलटारमा मासु पसल गर्ने रामेछापका रामचन्द्र घिमिरेले बताउनुभयो ।

अघिल्लो वर्ष आफूले ३४ वटा जिउँदो खसी बेचेकोमा यस वर्ष अहिलेसम्म ४–५ वटा पनि बिक्री नभएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ कार्तिक २०८० शनिबार ००:००  २ : १५ बजे