१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा



काठमाडौं ।
हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले हङकङलाई ७९ रनले हरायो ।

नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । हङकङका यानशे रथले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले २/२ तथा दीपेन्द्रसिंह ऐरी र प्रतिस जिसीले १र१ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । उनले ४१ बल खेल्दै ९ छक्का र ३ चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । उनले ३४ बलमा २ छक्का र ६ चौका प्रहार गरे ।

नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाले । ५ औँ विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गरे । बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २र२ विकेट लिए ।

यो खेल जित्दै नेपाल १ खेलअघि नै फाइनल पुगेको हो । फाइनल खेल आउँदो शुक्रवार हुनेछ । अब नेपालले अन्तिम खेलमा आउँदो सोमवार यूएईसँग खेल्नेछ । यसअघि बिहीवार भएको हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएको यूएईसँगको खेलमा ७ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८० शनिबार ००:००  २ : ४४ बजे