१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धनचौरमा एकीकृत समाजवादीको शुभकामना आदानप्रदान



अर्घाखाँची ।
अर्घाखाँचीको धनचौरमा नेकपा (एकीकृत समाजवादी) ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वाड नं. १० धनचौरमा समाजवादीले चाडवाड लक्षित शुभकामना कार्यक्रम राखेको हो ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तारापती भट्टराईले शुभकामना व्यक्त गर्दै बिचार र व्यवहारसँगै बोकेर हिडेको पार्टीलाई जनताले साथ दिने बताउनु भयो ।

नेता भट्टराईले प्रतिगमनको विरुद्धमा बिद्रोह गर्दै पार्टी अगाडी बढेकोले समाजवादसम्म पुग्ने बताउनु भयो ।

पार्टी जिल्ला कमिटी सचिव युबराज पौडेलले सोही अवसरमा शुभकामना व्यक्त गर्दै पार्टी अब बिकास, स्वरोजगारी र समृद्धिको यात्रामा अगाडी बढेको भन्दै अब पार्टीले सबै पार्टी कार्यकर्तालाई उत्पादनमा जोड्दै अगाडी बढ्ने बताउनु भयो ।

सचिव पौडेलले पार्टी आगामी दिनमा जनताको समाजवादी एजेन्डा सहित अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हृदय भुसाल, पेशागत महासंघ जिल्ला अध्यक्ष भोजन गुरुङ, प्रदेश सदस्य घनश्याम खनाल, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य सुधीर नेपाली, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले परित्याग गरी ज्ञान बहादुर बिक, शालिक बहादुर घर्ती, बिमला घर्ती लगायत १० जना समाजवादी प्रवेश गरेको पार्टीले जनाएको छ ।

सुभकामना कार्यक्रम पार्टी अध्यक्ष सुभ बहादुर समालको अध्यक्षता उपाध्यक्ष बिष्णु चुदालीको स्वागत मनतब्य र सचिब नवीन घर्तीनगरको संचालनमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८० आइतबार ००:००  ७ : १७ बजे