१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीमा तोकियो काँग्रेस महासमिति सदस्यको मनोनयन शुल्क २५ हजार



अर्घाखाँची ।
नेपाली काँग्रेस अर्घाखाँचीबाट महासमिति सदस्य छनोटका लागि निर्वाचन हुने भएको छ ।

सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन हुन लागेको काँग्रेस अर्घाखाँचीले जनाएको छ । खुल्ला ५ जनाको लागि ९ जनाको उम्मेदवारी परेको छ ।

जसमा कमलप्रसाद भुसाल, जम्शेर मियाँ, जयबहादुर टण्डन, नन्दराम भट्टराई, विष्णु मुस्कान, रामबहादुर विसी, रेवती भुसाल, लेखनाथ पोख्रेल र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खसआर्य पुरुष तर्फ पिताम्बर खनाल र श्यामनाथ काश्यप गरी २ जनाको उम्मेदवारी परेको छ ।

खसआर्य महिलातर्फ अम्बिका पोख्रेल र चन्द्रा गैरे, जनजातितर्फ ताराप्रसाद श्रेष्ठ, मुक्तिराम श्रेष्ठको उम्मेवारी परेको हो । खसआर्य पुरुषतर्फ १ जना, खसआर्य महिला तर्फ १ जना, जनजातितर्फ १ जनाा निर्वाचित हुने प्रावधान रहेको छ । खुला महिला तर्फ शान्ता भण्डारी र निर्मला क्षेत्री सर्वसम्मत भए भने दलिततर्फ मनिराम परियार सर्वसम्मत भए ।

विपी स्मृति भवन सन्धिखर्कमा भएको मनोनयन दर्तामा १ उम्मेदवार २५ हजारका दरले उम्मेदवारी शुल्क बुझाएका छन् । काँग्रेसका अनुसार मनोनयन शुल्क पार्टी कोषमा रहने छ । महासमिति सदस्यको निर्वाचन कात्तिक १५ गते हुने भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८० शनिबार ००:००  ७ : २७ बजे