१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्र सङ्घका महासचिव गुटेरेसको भेटवार्ता



काठमाडौं ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । उहाँहरूबीच आज आइतवार मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो ।

मुख्यसचिव डा। वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डसँग भेट्नुअघि उहाँले आजै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्नुभएको छ । महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्र सङ्घका महासचिव गुटेरेस आजै ललितपुरको पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८० आइतबार ००:००  ३ : ५४ बजे