११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु



काठमाडौं ।
गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।

इजरायल(हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् ।

सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८० सोमबार ००:००  ११ : ४१ बजे