११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

१४ औं कपिलवस्तु महोत्सवको सुरु भयो तयारी



कपिलवस्तु ।
यही मंसिर २१ गतेदेखि पुष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव लाग्ने भएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका ४ नं जितपुरको बुद्धरंगशालामा महोत्सवको तयारी गर्न थालिएको हो ।

यो बर्षको महोत्सव बाणगंगा वेलफेयर सोसाइटीले सञ्चालन गर्ने छ ।

सोसाइटीका अध्यक्ष राज कुमार खाँणले कोरोना महामारी, आर्थिक मंन्दीले चपेटामा परेका व्यवसायीहरुलाई महोत्सवले व्यवसायिक प्रर्वद्धनमा टेवा पुर्‍याउने बताए ।

उनले १४ औं संस्करणसम्म आइपुग्दा जिल्ला मात्र नभएर छिमेकी जिल्ला र छिमेकी राष्ट्र भारतका लागि पनी दर्शक र व्यावसायिक हिसाबले महोत्सव महत्वपूर्ण रहेको भन्दै यसपालिको महोत्सवको समय यस अगाडीको महोत्सवमै सार्वजनिक गरिएको हुँदा समयमै आयोजना हुन लागेको बताए ।

यस क्षेत्रमै बेग्लै पहिचान बनाएको महोत्सवको मुल नारा “युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार एवं प्रर्वद्धनमा प्रोत्साहन” भन्ने रहेको छ ।

महोत्सव तयारीका लागि लाइट एण्ड साउण्ड, स्टल ठेक्का पत्राचार, आन्तरिक उपसमिति निर्माण, १२ औं कपिलवस्तु डान्स आईडियलको तयारी तिहार अगाडी नै हुने तथा स्टल बुकिî लगाएतका तयारी भएको महोत्सव सचिवालयले जनाएको छ ।

यसवर्ष धेरै दर्शक भित्राउने र व्यवसायमा उत्साह थप्ने उद्धेश्यले गतवर्ष भन्दा टिकट सस्तो हुने बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  ८ : २१ बजे