७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

बाणगंगामा ३३ किलो मिसावटयुक्त घिउसहित भारतीय नागरिक पक्राउ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा ३३ किलो मिसावटयुक्त घिउसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मगंलबार बिहान इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा रञ्जन सहनी पक्राउ परेका हुन् ।

लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ बर्षीय भारतीय नागरिक सहनीलाई मिसावटयुक्त घिउ बनाउने ठाउँबाट ३३ किलो मिसावट घिउसहित डाल्डाका खाली ड्रम पनि बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाइएको जनाइएको छ । पछिल्लो समय जिल्लामा गुणस्तरहिन घिउ बेच्ने गिरोह सक्रिय भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  ११ : ३३ बजे