१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्थानीय फूलमाला प्रयोग गर्न बाणगंगाका मेयर अर्यालको आग्रह



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले प्लाष्टिकका माला प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।

नजिकिदै गरेको तिहारमा मालाको प्रयोग अत्याधिक हुने सन्दर्भमा प्लाष्टिकका माला भन्दा स्थानीय रुपमा उत्पादन भएका फूलमाला प्रयोग गर्न नगर प्रमुख अर्यालले आग्रह गरेका हुन् ।

एक सूचना जारी गर्दै उनले व्यवसायिलाई वातावरण प्रदूषणको मुख्य कारक तत्वको रुपमा रहेको प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी वातावरण प्रदूषण कम गर्नु र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु हामी सबैको साझा कर्तव्य भएको सम्झाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  १२ : ०४ बजे