२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

पटका पड्काए कारवाही गर्ने कपिलवस्तु प्रशासनको चेतावनी



कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तिहार लक्षित निर्देशन जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले तिहार लक्षित निर्देशन जारी गर्दै जिल्लामा रातको ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरिएको स्पष्ट पारेका छन् ।

प्रशासन कार्यालयले देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न र सो समय पश्चात् अनिवार्य रूपमा बन्द गर्ने निर्देशन गरेको छ ।

जिल्लामा आतिसबाजी, पटका, भुईचम्पा लगायतको विस्फोटक पदार्थ बिक्री वितरण गर्न नपाइने, जुवातास खेल्न नपाइने निर्देशन जारी गरेका छन् । प्रशासनले तोकेको कार्य विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने उल्लेख गरेको छ ।

प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न आग्रह गरेको हो ।

जुवा, तास खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्न विज्ञप्तीमार्फत् नागरिकहरूमा अनुरोध गरेको छ ।

सहायक प्रमूख जिल्ला अधिकारी पौडेलद्धारा हस्ताक्षरित सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले तिहारको शुभकामना दिदै यो पर्वका नाममा जुवातास, तथा जुवाजन्य कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८० शुक्रबार ००:००  ८ : २० बजे