१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मंसिर १४ गतेदेखि बुद्धभूमि महोत्सव, तयारी तिव्र



कपिलवस्तु।
कपिलवस्तुको गोरुसिंगेमा बुद्धभूमि महोत्सवको आयोजना गरिएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी २०८० आयोजना गर्न लागेको हो ।

“देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मुल नाराका साथ मंसिर १४ देखि २४ गतेसम्म संचालन हुने मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ भने स्थानीय व्यवसायलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास गरिएको मेला मुल आयोजक समितिका संयोजक तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ घर्तिले बताउनुभयो ।

मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने अध्यक्ष घर्तीले बताउनुभयो ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् ।

मेला तथा महोत्सवलार्र्इ मनोरञ्जनात्मक बनाउन बुद्धभूमि डान्स आइडल, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८० शनिबार ००:००  ७ : ४६ बजे