११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

कपिलवस्तुबाट ९ लाख बढिका अवैध पटका बरामद गरी नष्ट



हरि अधिकारी, वाणगंगा ।
भारतबाट अबैध रुपमा नेपाल भित्राइएका ९ लाख बढिको पटका आज नष्ट गरीएको छ । नेपालमा प्रतिबन्धित विभिन्न किसिमका बिष्फोटक पदार्थजन्य पटकाहरु प्रहरीले बरामद गरेको हो । जिल्लाको विभिन्न सिमा क्षेत्रबाट चोरी तस्करी गरी ल्याउने क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी इकाईले उक्त पटका बरामद गरेको थियो ।

बरामद गरेका विष्पोटक पदार्थहरु आतीसबाजी, रकेट बम, सुतरी वम, डिजिटल बम, पटका लगाएतका सामाग्री स्थानीय जनप्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालय तौलिहवामा नष्ट गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाका अनुसार बरामद गरिएका सवै विष्फोटक पदार्थ अन्दाजी नौ लाख पच्चिस हजार पाँच सय सात रुपैया बराबरको रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८० सोमबार ००:००  ८ : ३८ बजे