११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

१४ औँ कपिलवस्तु महोत्सवको प्रवेश शुल्क घटाउने तयारीमा वेलफेयर



कपिलवस्तु ।
बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटीले लगाउने १४ औँ कपिलवस्तु महोत्सवको प्रवेश शुल्क घट्ने भएको छ ।

बुद्ध रंगशाला जितपुरमा मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना हुने महोत्सवमा यसपटक प्रवेश शुल्क घटाइने भएको हो ।

सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राज कुमार खाँणले दर्शकहरुको मनोभावना बुझेर शुल्क घटाइएको छ । उनका अनुसार यसपटक विद्यार्थीले ४० रुपैयाँ र अन्य ब्यक्तिले ६० रुपैयाँको टिकट काटेर प्रवेश पाउने छन् । यो गत बर्षभन्दा १० । १० । रुपैयाँले कम हो । यस्तै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई पनि छुटको सुविधा रहेको बताइएको छ ।

अधिकतम रुपमा दर्शक भित्राउने आफूहरुको लक्ष्य रहेको संयोजक खाँणले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८० बुधबार ००:००  ७ : ३९ बजे