१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा मोटरसाइकल चोर्ने २ भारतीय नागरिक पक्राउ



कपिलवस्तु ।
कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।

बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकल चोरेर भागेका भारत सिद्धार्थनगर थाना स्रोतगढ नकाई बस्ने २६ वर्षीय धर्मेन्द्र पासवान र ३० वर्षीय प्रेम कुमार हरिजन पक्राउ परेको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए।प्रहरी टोलीले सुचना पाएको २ घण्टा भित्रै चोर र मोटरसाइकल बरामद गरेको उनले बताए।

उनीहरूको साथबाट फलामको रेन्च थान ३,फलामको पलक रिन्च थान–१, मोटरसाइकल पलक थान –२ तथा मोटरसाइकलको चापी थान –१ समेत बरामद भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८० शुक्रबार ००:००  ७ : ०८ बजे