१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा लौगाई पढ्ने सृष्टिको बसको ठक्करबाट निधन



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ६ बजे भएको दुर्घटनामा अर्घाखाँची घर भई नगरपालिकाको वडा नम्बर ८ लौगाई बस्ने वर्ष १८ की सृष्टि बिसी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ।

विसीलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले बुङ्ची चोकमा ठक्कर दिएको थियो । साइकलमा सवार रहेका दुई जनामध्ये घाइते भएकि निर्मला बि।सीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक सृष्टि बिष्णु भाट क्षेत्री र मनमाया बिसीकी जेठी छोरी थिइन् । उनले हाल वाणगंगा मावि लौंगाईमा कक्षा १२ मा अध्यान गर्दै थिइन् ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०८० मंगलबार ००:००  ८ : ५३ बजे