११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

तौलिहवा उद्योग वाणिज्य संघमा गयादिन कुर्मी निर्वाचित



कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा गयादिन कुर्मी दिपु तेस्रोपटक निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनको बिहीबार साँझ सम्पन्न मत परिणामअनुसार खसेको १ हजार ८२ मध्ये ५ सय ८ मत प्राप्त गरेर कुर्मी निर्वाचित भएका हुन् ।

कुर्मीका प्रतिद्वन्द्वी धिरजकुमार गुप्ता संजयले ३ सय ३८ मत र अर्का प्रत्यासी अर्जुन चापागाँईले २ सय २१ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजुकुमार श्रीवास्तवले जानकारी दिए ।

संघको वरिष्ठ उपाध्यक्षमा संदीप कुमार श्रीवास्तव र उपाध्यक्षमा अजय कुमार कशौधन निर्वाचित भएका छन् । श्रीवास्तवले ६ सय ७९ र कशौधनले ५ सय ३७ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष तर्फका प्रत्यासी अनन्त भारतीले ३ सय ६० र मोहम्मद जमा मुसलमानले ४ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रीवास्तवले बताए ।

संघको महासचिवमा चापागाई नेतृत्वको प्यानलका देवेस जैसवाल विजयी भएका छन् । उनले ५६५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी महासचिवका प्रत्यासी गिरजेश शरण चौधरीले ४६२ मत प्राप्त गरेका छन् ।

सचिवमा कुर्मी प्यानलकै बासुदेव बर्मा अजय बिजयी भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सचिव पदका प्रत्यासी वीरेन्द्र कुमार गुप्ताले ३ सय ८३ मत प्राप्त गरेका छन् ।
संघको कोषाध्यक्षमा तीन जना बीचमा प्रतिस्पर्धा भएको थियो ।

जसमध्ये बृजेश भटरा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार भटराले ३ सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नसीरुद्धिन गौरीले ३ सय ७० मत प्राप्त गरेका छन् भने चन्द्रशेखर गुप्ताले २ सय ७० मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा चापागाई प्यानलकी प्रिती अग्रहरी बिजयी भएकी छन् । उनले ५ सय ४२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी कनिज फातमा रंगरेजले ४८२ मत प्राप्त गरेकी छिन् । सदस्य पदमा कुर्मी प्यानलकै बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र चापागाई प्यानलका सुनिल कुमार गुप्ता कशौधन बिजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष कुर्मीले उपविजेता प्रत्यासीको भावनाको कदर गर्दै सबै उद्योगी, व्यवसायीलाई समेटेर उद्योगी व्यवसायीका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८० शुक्रबार ००:००  ७ : २५ बजे