५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कनकमुनीले चुम्यो छैठौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि



कपिलवस्तु ।

कपिलवस्तु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कनकमुनी माध्यमिक बिद्यालय जगदीशपुरले जितेको छ ।

शुक्रबार तौलिहवामा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ६ रजत र २ कांस्य पदकसहित कनकमुनी माविले उपाधि जितेको हो । कनकमुनीले लगातार जितमा छक्का मारेको छ । प्रथम प्रतियोगितादेखि लगातार छैठौंपटकसम्म कनकमुनीले जीत आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

विभिन्न २२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, एथलेटिक्स विधामा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक हात पार्दै राष्ट्रिय मावि बिकुली द्वितीय र ३ स्वर्ण, ३ रजत र २ कांस्य पदक प्राप्त गर्दै वेस्ट प्वाइन्ट इंग्लिस् बोर्डिङ्ग स्कुल तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई क्रमशः रु. ३० हजार, २० हजार र १२ हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको छ । एथलेटिक्स छात्र तर्फ कनकमुनी माध्यमिक बिद्यालयका रेहान खानले ५ गोल्ड मेडलसहित उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी एथलेटिक्स छात्रा तर्फ कनकमुनी माध्यमिक बिद्यालयकै सृष्टि अर्यालले ५ गोल्ड मेडलसहित उत्कृष्ट खेलाडी घोषित भएकी खेल संयोजक नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले बताए ।

यस्तै भलिबल प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय जनहित माविका सोमनाथ अहिर उत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ भने धर्मभक्त माध्यमिक बिद्यालयका निलम भूज उत्कृष्ट खेलाडी घोषित भए ।

एथ्लेटिक्स तर्फ १५ सयमिटर छात्र दौड तर्फ कपिलवस्तु मावि तौलिहवाका दिलीप केवट प्रथम, कनकमुनि मावि जगदीशपुरका अमन चौधरी थारु द्धितीय र तौलेश्वरनाथ माबि तौलिहवाका रामेश्वर धोवी तृतीय भए । १५ सयमिटर छात्रा दौड तर्फ राष्ट्रिय माबि बिकुलीका मनिषा चौधरी प्रथम, कनकमुनी माविका पुजा घर्ति द्धितीय र तौलेश्वरनाथ माविका सुन्दरी यादव तृतीय भए ।

१०० मिटर छात्र दौडतर्फ कनकमुनी माविका रेयान खान प्रथम, बुद्धपद्म माबिका राजु जैसवाल द्धितीय र कालिका जन मावि सौरहाका सलमान गद्दी तृतीय भए । सयमिटर छात्रा दौड तर्फ कनकमुनी माध्यमिक बिद्यालय जगदीशपुरका सरिता दुषाद प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका शारदा थारु द्धितीय र तौलेश्वर नाथ संस्कृत माध्यमिक बिद्यालय तौलिहवाका महिमा सिंह चौधरी तृतीय भएका छन् ।

२०० मिटर छात्र दौडतर्फ कनकमुनी माविका रेयान खान प्रथम, बुद्ध पद्म माविका राजु जैसवाल द्धितीय र वेष्ट प्वाइन्ट स्कूलका योगेश गुप्ता तृतीय भए । सोहि प्रतियोगिता अन्र्तगत छात्रातर्फ कनकमुनि माविका सरिता दुसाद प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका शारदा थारु द्धितीय र राष्ट्रिय मावि बिकुलीका शिला थारु तृतीय भए ।

यस्तै, छात्रतर्फ ४०० मिटर दौडमा वेस्ट पोइन्ट स्कुलका अरुण यादव प्रथम, कनकमुनी माध्यमिक बिद्यालय जगदीशपुरका अमन चौधरी थारु द्धितिय र राष्ट्रिय माध्यमिक बिद्यालय बिकुलीका उमेश चौहान तृतिय भएका छन् । छात्रा तर्फ ४०० मिटर दौडमा कनकमुनी माध्यमिक बिद्यालयका सृष्टि अर्याल प्रथम, धर्मभक्त माध्यमिक बिद्यालय बभनीका बन्दना बरई द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालयका सुन्दरी यादव तृतिय भए ।

यता, छात्रतर्फ ८०० मिटर दौडमा पोइन्ट स्कुलका अरुण यादव प्रथम, कनकमुनी माध्यमिक बिद्यालय जगदीशपुरका बिजय थारु द्धितिय र कपिलवस्तु माध्यमिक बिद्यालय तौलिहवाका सुवास पासी तृतिय भए । छात्रा ८०० मिटर दौडतर्फ राष्ट्रिय माध्यमिक बिद्यालय बिकुलीका मनिषा चौधरी कुर्मी प्रथम, कनकमुनी माध्यमिक बिद्यालयका पूजा घर्ति द्धितिय र धर्मभक्त माध्यमिक बिद्यालय बभनीका रिमा रैदास तृतिय भए ।

३ हजार मिटर छात्रदौड तर्फ राष्ट्रिय मावि बिकुलीका बृजराम यादव प्रथम, कपिलवस्तु मावि तौलिहवाका दिलीप केवट द्धितीय र वेष्ट प्वाइन्ट बोर्डिङ्ग स्कुलका अरुण यादव तृतीय भए । सोहि प्रतियोेगितामा छात्रातर्फ राष्ट्रिय मावि बिकुलीका मनिषा चौधरी कुर्मी प्रथम, राष्ट्रिय जनहित माबि धर्मपनियाका बसन्ती यादव द्धितीय र तौलेश्वर नाथ माविका सुन्दरी यादव तृतीय भए ।

यस्तै, छात्र ४८१०० मिटर रिले दौडमा कनकमुनी माध्यमिक बिद्यालय प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालय द्धितिय र कपिलवस्तु माध्यमिक बिद्यालय तृतिय भएका छन् । छात्रा ४८१०० मिटर रिले दौडमा कनकमुनी माध्यमिक बिद्यालय प्रथम, राष्ट्रिय माध्यमिक बिद्यालय बिकुली द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालय तृतिय हुन सफल भए ।

यता, छात्र तर्फ रिले दौड छात्रतर्फ कनकमुनी माध्यमिक बिद्यालय प्रथम, वेष्ट प्वाइन्ट स्कुल तौलिहवा द्धितीय र तौलेश्वरनाथ माबि तृतीय भए । छात्रा तर्फ पनि कनकमुनी माध्यमिक बिद्यालय प्रथम, राष्ट्रिय माध्यमिक बिद्यालय बिकुली द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालय तृतिय हुन सफल भए ।

यता, ज्याब्लिङ थ्रो छात्रतर्फ कनकमुनी माध्यमिक बिद्यालयका करण यादव प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका सनी कुमार चाई द्धितिय र बुद्धपद्म माध्यमिक बिद्यालयका मोहम्मद समीर गद्दी तृतिय भएका छन् । छात्रा ज्याब्लिङ थ्रो तर्फ वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुलका शान्ति यादव प्रथम, कनकमुनी माध्यमिक बिद्यालयका सुस्मिता यादव द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालयका बर्षा श्रेष्ठ तृतिय हुन सफल भए ।

हाइजम्प छात्र तर्फको खेलमा कनकमूनि माध्यमिक बिद्यालयका बिनय थारु प्रथम, तिलौराकोट माध्यमिक बिद्यालयका सुदिप केवट द्धितिय र राष्ट्रिय माध्यमिक बिद्यालय बिकुलीका कृष्ण थारु तृतिय भए । छात्रा हाइजम्प तर्फ कनकमुनी माध्यमिक बिद्यालयका सृष्टि अर्याल प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालयका बन्दना तेली द्धितिय र तौलेश्वर नाथ संस्कृत माध्यमिक बिद्यालयका साधना कहाँर तृतिय हुन सफल भए ।

सटफुट छात्र तर्फको खेलमा बुद्धपद्म माध्यमिक बिद्यालयका राजु जयसवाल प्रथम, माध्यमिक बिद्यालय कुस्माका फरेधर राना द्धितिय र कनकमुनी माध्यमिक बिद्यालयका मौषम थारु तृतिय भए । छात्रा सटफुट तर्फ तौलेश्वरनाथ माध्यमिक बिद्यालयका बर्षा श्रेष्ठ प्रथम, वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुलका शान्ति यादव द्धितिय र कनकमुनी माध्यमिक बिद्यालयका निशा थारु तृतिय हुन सफल भए ।

त्रिपलजम्प छात्रतर्फ कनकमुनी माध्यमिक बिद्यालयका असरफ खाँ प्रथम, बुद्धपद्म माध्यमिक बिद्यालयका रबि कुमार चमार द्धितिय र तौलेश्वरनाथ माध्यमिक बिद्यालयका सुग्रीम नाउ तृतिय भए । त्रिपलजम्प छात्रातर्फ कनकमुनी माध्यमिक बिद्यालयका सृष्टि अर्याल प्रथम, तौलेश्वरनाथ माध्यमिक बिद्यालयका खुसी चौधरी द्धितिय र शितलाबक्स माध्यमिक बिद्यालय रेहराका कुसुम नाउ तृतिय भएका छन् ।

लङ्गजम्प छात्रतर्फ कनकमुनी माध्यमिक बिद्यालयका रेयान खान प्रथम, वेष्ट पोइन्ट इंग्लिस वोर्डिङ्ग स्कुलका अरुण यादव द्धितिय र बुद्धपद्म माध्यमिक बिद्यालयका रबि कुमार चमार तृतिय भए । लङ्गजम्प छात्रातर्फ तौलेश्वरनाथ माध्यमिक बिद्यालयका महिमासिंह चौधरी प्रथम, रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालयका शारदा थारु द्धितीय र तिलौराकोट माध्यमिक बिद्यालयका राधिका बिश्वकर्मा तृतीय हुन सफल भएका प्रतियोगिताका अफिसियल प्राविधिक राजु श्रेष्ठले बताए ।

भलिबल प्रतियोगिता तर्फ छात्र तर्फ राष्टिय जनहित मावि धर्मपनिया प्रथम, सिद्धार्थ स्कुल द्धितीय र तिलौराकोट मावि र हुँदा मोडल मावि तौलिहवा तृतीय भएका छन् । छात्रा तर्फ भने तिलौराकोट मावि गोबरी प्रथम, धर्मभक्त मावि बभनी द्धितीय र बुद्धज्योती स्कूल र यशोधरा मावि तृतीय भएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८० शनिबार ००:००  ८ : ३२ बजे