११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

कपिलवस्तु महोत्सवः आज तेस्रो दिन यी कलाकारको प्रस्तुती रहने



मायादवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्ध रंगशालामा विहीबार देखि सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको दोस्रो दिन शुक्रबार ४ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको महोत्सवमा उक्त संख्याले महोत्सवको अवलोकन गरेका महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले जानकारी दिए ।

महोत्सवको दोस्रो दिन कपिलवस्तुमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेसलिङ्ग प्रतियोगिताका तीन वटा खेल भएका थिए ।

आज शनिबार पनि रेसलिङ्गका तीन वटा खेल हुनेछन् । कर्भडहलमा रेसलिङले दर्शकहरुको विशेष ध्यान खिच्न सफल भएको थियो । दर्शकहरुले विशेष चासोका साथ कपिलवस्तु जिल्लामा पहिलो पटक प्रत्यक्ष रेस्लिङ हेरेका थिए । रेस्लिङमा नेपाल र भारतका प्रतियोगीहरुबीच प्रतिष्पर्धा भएको थियो । आज पनि चर्चित रेस्लरहरुबीचको प्रतिष्पर्धा हुने छ ।

देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०/१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुको सम्मानका लागि र अपाङ्गता भएकाहरुलाई सहुलियतका लागि निःशुल्क प्रवेश दिइएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सव अवलोकन गरी सुझाव सल्लाह दिन समेत कपिलवस्तुवासी र छिमेकी जिल्लावासीलाई आग्रह गरे ।

२३ गते शनिबारका आकर्षकहरु

शनिबार महोत्सवमा अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता गायक रामजी खाँण, अस्मिता डल्लकोटी, अनु चौधरी, अफसर अलीसँगै स्थानीय कलाकारहरु १२ औ कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

प्रकाशित मिति : २३ मंसिर २०८० शनिबार ००:००  ८ : ५० बजे