१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

लुम्बिनी भिजनको मिस्टर एण्ड मिस फ्रेसरको उपाधि अनुसन्धान र नेहालाई



मायादेवी अनलाइन ।

कपिलवस्तु वाणगंगा नगरपालिका ३ गंगौलियामा अवस्थित लुम्बिनी भिजन क्याम्पसका बिबिए र बिबिएसका विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमका बिच स्वागत गरेका छन् । रुपन्देहीको भैरहवामा रहेको बोधी रेडसन होटलमा सम्पन्‍न कार्यक्रमा मिस्टर एण्ड मिस फ्रेसरको तेस्रो सस्करण समेत सम्पन्‍न भएको छ । जसमा अनुसन्धान पोख्रेल र नेहा क्षेत्रीले उक्त उपाधि हात पारेका हुन् । कलेजका १६ जना नव आगन्तुक प्रतिस्पर्धी मध्येबाट पोख्रेल र क्षेत्रीले उपाधी हात परेका हुन् ।

कार्यक्रम बिबिए दोस्रो सेमेस्टरका छात्र प्रशान्त खनालको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, स्थानीय समाजसेवी एवम् व्यवसायी मंगल भण्डारी, क्याम्पस प्रमुख सुन्दर पाण्डे, उपप्रमुख मनोज कुमार खत्री लगायतको विशेष आतिथ्यतामा सम्पन्‍न भएको बिबिए कोर्डिनेटर नारायण पाण्डेले बताउनुभयो ।

विवेक गैरेको स्वागत मन्तव्य तथा आविष्कार खनाल र नमुना अधिकारीको संयुक्त रुपमा सञ्‍चालित कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरुका साथै विद्यार्थीहरुले आ-आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८० आइतबार ००:००  ९ : १५ बजे