११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

शिवराजको नयाँ भवनबाट कार्यपालिका बैठक लाइभ



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । विगत भाडाको घरबाट सेवा दिदैं आएको नगरपालिकाले आफ्नो भवनबाट सेवा दिन थालेको हो ।

नगरपालिकाले राष्ट्रिय माविको पछाडि निर्माण भएको सभाहललाई कार्यालय भवन बनाएको नगरपालिकाले जनाएको छ ।

चन्द्रौटा बजारमै रहेको नगरपालिकाको कार्यालय अबदेखि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट पछाडि पट्टी रहने छ ।

नगरपालि भित्रका कार्यक्रम सञ्चालनका लागि बनाइएको सभाहललाई नगरपालिकाको कार्यालय बनाइएको नगर प्रमुख अजय थापाले बताए ।

नगरपालिकाले अघिल्लो कार्यकालमा नै आफ्नो भवन बनाउने गृहकार्य थालेपनि विवादको कारण काम अगाडि बढ्न सकेन् । भवनको काम सुरु हुँदा वित्तिकै अदालतसम्म मुद्धा परेपछि काम रोकिन पुगेको थियो ।

यसैबीच नगरपालिकाको पाँचौ नगर कार्यपालिका बैठक बुधबार बसेको छ । उक्त बैठक नयाँ भवनबाट सञ्चालन भएको छ । हरेक कार्यपालिका बैठकलाई लाइभ गर्दै आएको शिवराजले बुधबार नयाँ भवनबाट कार्यपालिका बैठक सञ्चालन गरेको हो । नयाँ भवनलाई पाटेशन गरेर नगरका शाखा कार्यालय बनाइएको छ । एउटै छानामुनी सबै सेवा दिने गरी शिवराजले कार्य थालेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८० बुधबार ००:००  ९ : १७ बजे