२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

स्वमुल्यांकन नतिजामा बुद्धभूमि बन्यो देशकै पालिकामा पहिलो



कपिलवस्तु ।
स्वमूल्याङ्कन नतिजामा कपिलवस्तुको बुद्धभूमि नगरपालिका मुलुकमै पहिलो नगरपालिका बनेको छ । मुलुकभरका ७५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमूल्याङकनको रुपमा नतिजा पठाउनुपर्ने संवैधानिक नियम छ ।

त्यसैमा टेकेर बुद्धभूमि नगरपालिकाले आ.व. ०७९।०८० स्वमूल्याङकन ८० मंसिर २७ गते सार्वजनिक गरेर मुलुकमै पहिलो पालिका भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ । सार्वजनिक भएको स्वमूल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय समितिले जानकारी दिएको छ ।

नतिजा सार्वजनिक भएपछि नगरप्रमुख केशव कुमार श्रेष्ठले खुसी ब्यक्त गरेका छन् । नगरप्रमुख श्रेष्ठले हरेक काम आफूहरुले समयमा नै गर्ने गरेको बताए । स्वमुलयांकन पनि समयमै पठाएको तर पहिलो हुने ठानेर नपठाएको जनाउँदै नगरप्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको जनाए ।

विगतमाभन्दा यसपटक नगरमा धेरै राम्रा काम हुँदै गइरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले आगामी ३ बर्षभित्र नगरपालिकालाई धेरै कुरामा विकास गर्ने बताए । जिल्लाका १० वटा स्थानीय तहमधये सबैभन्दा राम्रो काम गरेको पालिकाको रुपमा बुद्धभूमि नगरपालिका रहँदै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८० बिहिबार ००:००  ८ : ३२ बजे