१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

वडाध्यक्ष सञ्जु सारुले आफ्नो तलबबाट चार नम्बरलाई बनाए ‘वाइफाई फ्री क्षेत्र’



कपिलवस्तु ।
बाणगंगा नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु शारुले चार नम्बर क्षेत्रलाई ‘वाइफाइ फ्रि क्षेत्र’ बनाएका छन् ।

अब चार नम्बर चोकमा इन्टरनेट चलाउन पैसा लाग्ने छैन । तलब नलिने वडा अध्यक्ष रुपमा चर्चामा रहेका शारुले आफूले पाउनुपर्ने तलबबाट वाइफाई जडान गरेको जानकारी दिए ।

सर्वसाधारण, यात्रु, बटुवालगायतलाई संचारमा सहज होस् भन्ने उद्धेश्यले चार नम्बर चोकलाई वाईफाई फ्री क्षेत्र बनाइएको वडा अध्यक्ष शारुले जानकारी दिए ।

आफूले पाउनुपर्ने तलबबाट विद्यालयमा छात्रवृत्ति दिने, कम्प्युटर खरिद गर्ने लगायतका काम उनले गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०८० सोमबार ००:००  ७ : ३३ बजे