१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिनर्जी बन्यो बहुउद्देश्यीय तर्फ लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी



कपिलवस्तु ।
बहुउद्देश्यीय तर्फ कपिलवस्तुको सिनर्जी सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी बनेको छ ।

बचत तथा ऋण तर्फ नमूना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवललाई लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको २० औं बार्षिक साधारण सभाको अवसर पारी दुबै सहकारीलाई उत्कृष्ट सहकारी घोषणा गरिएको हो ।

उत्कृष्टताको प्रमाणपत्र बैंकको स्थापना दिवको अवसरमा प्रदान गर्ने कार्यतालिका रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले जानकारी दिनुभएको छ ।

कपिलवस्तुको बाणगंगा १ जितपुरमा मुख्य कार्यालय रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिकामा क्रियाशिल ६ वटा एकै कार्य क्षेत्र भएका सहकारी मर्जर पछि बनेको थियो ।

१० हजार ५ सय बढी सदस्य रहेको सिनर्जी सहकारीले हाल सहकारी बजार, भेटेरेनरी सेवा संचालन गर्नुका साथै उद्यमशिलता प्रवर्धनमा जोड दिदै आएको छ ।

साधारण सभामा बैंकमा गत आवमा रहेको निक्षेप ५८ अर्ब २४ करोड, कर्जा लगानी ३१ अर्व ६४ करोड, जगेडा कोष २ अर्व ११ करोड र शेयर पुँजि २ अर्व ८० करोड रहेको साथै गत वर्षको नाफा २३ करोड ७८ लाख रहेको प्रतिवेदन सभामा पेश गरिएको थियो ।

बुटवलको द दरवारलन प्रालि होटलको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता बैंकको संचालक तथा लुम्बिनी प्रदेश संयोजक बिजया धितालको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका संचालक भीम तुलाचन, नेफस्कुनका संचालक सन्दिप सापकोटा लगायतको आतिथ्यतामा भएको थियो सहकारी बैंकले जनाएको छ ।

साधारण सभामा प्रदेश भरका १ हजार ९सय १४ सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०८० सोमबार ००:००  ८ : ०० बजे