१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटना हुँदा ४ जनाको अवस्था गम्भीर



कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगे बजारमा दाङबाट बुटवल तर्फ जादै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भीर घाईते भएका छन ।

ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंगे स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार ४ जना गम्भीर घाइते भएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिस भण्डारीले दुर्घटनामा गम्भीर घाईते भएकाहरुलाई बाहिर निकालिएको उपचारकालागि बुटवल तर्फ पठाइएको बताए ।

बसमा सवार अन्य यात्री भने सकुशल रहेको बताए । घाइतेहरुकोे नाम अझै सम्म नखुलेको उनले बताए ।

प्रकाशित मिति : ३ पुस २०८० मंगलबार ००:००  ८ : ४१ बजे