८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

उद्योग बाणिज्य संघको अध्यक्षमा भुसालको उम्मेदवारी : आर्थिक एजेण्डा पहिलो प्राथमिकता



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगा ४ नम्वरको आउदो माघ २३ मा हुने अधिवेशनमा संघकै पूर्व बरिष्ठ उपाध्यक्ष गुणनिधी भुसालले अध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ ।

भुसालको उम्मेद्वारी घोषणा संगै कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत छनौट हुने संकेत देखिएको छ । सामाजिक, राजनीतिक क्षेत्रमा अनुभवी भुसालले संघको संस्थागत विकासमा विशेष योगदान दिनुभएको छ । भुसाल बाणगंगा नगरपालिका वडा नं ८ का पूर्ब निर्वाचित वडाध्यक्ष समेत हुनुहुन्छ।

उहाँले यसक्षेत्रका सामाजिक संघसंस्थाको सफल र कुशलतापूर्वक नेतृत्व सम्हाल्नु भएको छ । सामाजिक अभियान्ताको रुपमा स्थापित भुसाल कुनै पनि विवादमा नमुछिएका र आफैमा अधिबक्ता समेत रहनु भएका भुसाल उद्योग वाणिज्य संघको सदस्य हुदै बरिष्ठ उपाध्यक्षमा पुगेका वखत जनप्रतिनिधीमा निर्वाचित भएपछि ५ बर्ष जनताको काममा सकृय हुनुभयो ।

जनप्रतिनिधीको कार्यकाल सकिएसंगै कपिलवस्तु उद्योग वाणिज्य संघको कानुनी सल्लाहकारमा रहेर कृयाशिल भुसाल सम्पूर्ण उद्योगी ब्यवासायीले साथ दिएर अध्यक्ष बनाउने सकारात्मक संकेत पाएपछि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा पुग्नु भएको हो ।

संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले भुसाल अघि सर्दा सर्वसम्मत रुपमा नेतृत्व छनौट हुने देखिएकाले पूर्ब अध्यक्षहरुको छलफलवाट उहाँलाई अघि सार्ने निर्णय भएको वताउनुभयो । संघमा विगतदेखिको लगाव र संस्थालाई पु¥याएको योगदान र विगतको जिम्मेवारीले पनि भुसाल व्यवसायी माँझ लोकप्रिय भएकाले सर्वसम्मत हुने पौडेलको तर्क छ ।

विगतमा नेकपा एमालेको कमिटीगत जिम्मेवारी समेत संहालेका भुसाल हाल एमालेको कुनै पनि जिम्मेवारीमा भने हुनुहुन्न । त्यही भएकाले उहाँको उम्मेदवारीलाई कसैले पनि पार्टीगत लेवल लगाउन मिल्ने ठाउ नदेखिएको पूर्ब अध्यक्ष देवीप्रसाद पाण्डेले वताउनुभयो । यता उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण व्यवसायीले मलाई साथ दिएमा नेतृत्व गर्न तयार छु भन्दै उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउन आर्थिक एजेण्डाका नीतिगत मुद्धा र योजनालाई प्राथमिकता दिने भुसालले दावि गर्नुभयो ।
यसपाली खासगरी पूर्व वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल समेत अध्यक्षको संभावित आकांक्षी देखिएको वताइएपनि उहाँहरु दुबै एउटै इट्टा उद्योगका साझेदार भएकाले एक आपसमा प्रतिस्पर्धा नगर्ने उद्योगी ब्यवासायीको आँकलन छ । रुक बहादुर भुसाल नेपाली कांग्रेस निकट उद्योगी ब्यबसायी हुनुहुन्छ ।

प्रकाशित मिति : ४ पुस २०८० बुधबार ००:००  ५ : १९ बजे