९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

बैजलपुर युवा क्लवद्धारा सडक बत्ती जडान



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ स्थित वैजलपुर युवा क्लवले देउसी भैलो खेलेर उठाएको रकमबाट सामाजिक कार्य गरेको छ । क्लवले गाउँमा सडक बत्ती जडान गरेर सामाजिक कार्यमा अग्रसर देखाएको छ । वैजलपुर गाउँको विभिन्न चोकहरुमा २० वटा पोलमा सडक बत्ती जडान गरेको हो । रातको समयमा गाउँमा आवत जावतमा कठिनाई हुँदा असुरक्षा बढेको भन्दै सडक बत्तीको आवश्यकता महसुस गरिएको थियो ।
आफनो परम्परा र संस्कृतिको संरक्षण गर्दै देउसी भेलो खेलेर उठेको रकमबाट विगतका वर्षदेखिनै सामाजिक कार्य गर्दै आएको क्लवले जनाएको छ । सामाजिक कार्य गरेपछि समुदायमा राम्रो सन्देश जाने भन्दै सडक बत्तीमा रकम खर्च गरेको क्लवका सचिव विशाल अर्याले बताए ।

प्रकाशित मिति : ५ पुस २०८० बिहिबार ००:००  ९ : ४९ बजे