४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

पूर्वराजा ज्ञानेन्द्र शाह कपिलवस्तुमा आज आउदै, सम्पूर्ण तयारी पुरा



कपिलवस्तु ।

पूर्व राजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनका लागि  यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्।

शाह आज शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शिवराज नगरपालिका कपिलवस्तु आउने कार्यक्रम रहेको शिवराजका नगर प्रमुख अजय थापाले जानकारी दिए । शिवराज नगरपालिकाद्वारा खरेन्द्रपुरमा निर्मित श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण गर्न पूर्वराजा शाह कपिलवस्तु आउन लागेका हुन् । थापाले निर्माण सम्पन्न भएको राष्ट्रिय विभूति श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक अनावरण आज दिउँसो १२ः३० बजे खरेन्द्रपुर चोकमा पूर्व राजा ज्ञानेन्द्र शाहले गर्ने बताए । योसगै पूर्व राजा शाहको कपिलवस्तुमा नागरिक अभिनन्दन समेत हुने बताइएको छ ।

पूर्व राजा कपिलवस्तु आउने भएपछी जिल्लाको पश्चिम क्षेत्रमा तयारी पुरा भएको र उत्साहित नागरिकको सहभागिता व्यापक हुने प्रमुख थापाले जानकारी दिए ।

नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका अनुसार पूर्व राजा पुस १७ गते पश्चिम नवलपरासी जाने कार्यक्रम छ। यसबीचमा उनले विभिन्न मन्दिरहरूको दर्शन गरिरहेको संयोजक बस्यालले जानकारी दिए।

नेकपा एमालेका स्थानीय नेता बस्याल संयोजक बनेपछि पार्टीबाट निकालिएका छन्। उनी गत स्थानीय चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवार थिए।

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  ९ : २२ बजे