११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बाणगंगाको सातौं कार्यपालिका बैठक, यस्ता छन् महत्वपूर्ण निर्णय



कपिलवस्तु ।

वाणगंगा नगरपालिकाको सातौँ कार्यपालिका बैठक बसेको छ । आइतबार नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षतामा सातौँ कार्यपालिका बैठक बसेको हो । बैठकमा स्वमूल्याङक (लिजा) मा वाणगंगा नगरपालिका ८९.५ अकं ल्याएको वारे समीक्षा भएको नगर प्रवक्ता तथा वडा न. २ का वडा अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । सातौँ कार्यपालिका बैठकमा वाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन ऐनको बारेमा छलफल भएको प्रवक्ताले जानकारी दिनुभयो ।

वन विद्येयक २०८० छलफलको लागि पेस गर्दै आउदो १४औँ नगर सभाले पारित गर्ने बताउनु भयो । १४आँ नगर सभा यहि पुष २५ गते बस्ने निणर्य भएको समेत उहाले जानकारी गराउनु भयो । आर्थिक वर्ष ०८१।८२ को आयव्यय प्रपेक्षण स्वीकृत गर्दै १अर्ब ३९ करोड बराबरको आर्थिक विकास कार्यक्रम संचालन गर्ने गरी संघिय मामिला तथा समान्य प्रसासनले देशभरीबाट छनोट भएका ४ सय ६२ मध्ये वााणगंगा नगरपालिका पनि छनोटमा परेको विषयमा समेत छलफल भएको थियो ।

नगरको अहिलेको धेरै समस्या र नागरीकको गुनासोको विषय छाडापशु चौपाया नियन्त्रण र व्यवस्थापनका लागि समितीले मध्यकालीन संरचना व्यवस्थापनको लागि माग गरेको बजेटलाई सातौँ कार्यपालिका बैठकले स्वीकृत गरेको नगर प्रवक्ता पौडेले जानकारी दिनुभयो । समितीले छाडापशु चौपाया नियन्त्रण र व्यवस्थापनको योजना अघि बढाएपछी वडा तहमा अस्थायी रुपमा ६ ठाउँ ब्यबस्थापन गरिएको बताउनु भयो ।

सातौँ कार्यपालिका बैठक नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षतामा, नगर उपप्रमुख रिता कुमारी थारु, नगर प्रवक्ता तथा वडा न.२ का वडा अध्यक्ष विष्णु पौडेल कार्यपालिका सदस्यहरुको उपस्थित रहेको थियो । बैठकको संचालन प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८० मंगलबार ००:००  ७ : ४७ बजे