१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘सामाजिक सुचकमा कपिलवस्तुलाई माथि उठाउनुपर्नेमा जोड’



कपिलवस्तु ।
जिल्ला समन्वय समिति कपिलवस्तुको छैठौँ जिल्ला सभाले कपिलवस्तुलाई सामाजिक सुचकमा अगाडी बढाउनुपर्नेमा जोड दिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले समग्र जिल्लाको बिकासको लागि सबै पालिका लाग्नु पर्ने बताउनु भयो ।

कर्णाली प्रदेश भन्दा पनि बाल विवाह र बिभिन्न हिंसामा अगाडी भएको भन्दै उनले त्यसको न्यूनीकरणका लागि साझा प्रयास आवश्यक रहेको बताउनु भयो । उहाँले बाल बिवाह र लैगिंक हिन्सा अन्त्यका लागि रणनीति कार्ययोजना बनाउनु पर्ने औल्याउँदै लैंगिक हिंसा पीडित असहाय, असक्त तथा अनाथका लागि संचालित आश्रय गृहको सहयोगलाई सहयोग गर्न पालिकाहरुलाई आग्रह गर्नुभयो ।

सभामा युवा नीति, जिल्ला स्तरिय बिभिन्न खेलकुदहरु, स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जिल्लामा लागू भएको बहुउद्देश्यीय पोषण कार्यक्रम प्रभावकारी बनाउने योजना प्रस्तुत भएको थियो । यस्तै जिल्लाको साझा रुपमा रहेको छाडाचौपाया स्थायीरुपले दिगो व्यवस्थापन बालमैत्री जिल्ला घोषणा, लैगिंक हिंसा अन्त्य र युवा बिकास सम्बन्धि नीति तथा कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो ।

वातावरण मैत्री जिल्ला बनाउन प्लाष्टिकलाई निरुत्साहित गर्ने, पूर्ण सरसफाई मुक्त जिल्ला बनाउन पहलकदमी गर्नु पर्ने १सेवा प्रवाहमा एक रुपता ल्याउन स्थानियतहका प्रमुखहरुसंग नियमित बैठक गर्ने लगाएतका १७ बुँदे नितीहरु प्रस्तुत गरिएको थियो ।

त्यसैगरी सभामा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले जिल्ला समन्वय समिति कपिलवस्तुको गत बर्षको आयव्यय र आर्थिक वर्ष ०८०र०८१ को अनुमानित बजेट, अनुमानित आम्दानी विवरण र अनुमानित आम्दानी तथा खर्च विवरण तथा कार्यक्रम प्रस्तुतगर्नु भयो ।

जिल्ला समन्वय समितिका पूर्व प्रमुख नारायण प्रसाद खनालले जनताले के पायो भन्ने बिषयमा प्रष्ट बोल्न नसक्नु दुखको कुरा भएको बताउनु भयो । छाडाचौपाया व्यवस्थापन गर्न तीन तीन वटा पालिकाहरु मिलेर सक्रिय रुपमा लाग्न उनले आग्रह गर्नु भयो ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रमहरु जिल्लाको बिभिन्न समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने योजना सहि रहेको बताउनु भयो ।

जिल्लामा समस्याको रुपमा रहेको छाडाचौपाया व्यवस्थापनका लागि बनहरुसँग समन्वय भैरहेको बताउँदै छाडाचौपाया व्यवस्थापनका लागि मन्त्रालय, डिभिजन बन कार्यालय लगाएतका कार्यालयहरुमा ज्ञापन पत्र बुझाई सकिएको बताउनु भयो ।

बाणगंगा नगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्न बिभिन्न योजना बनाएर नगरका बिभिन्न स्थानहरुमा कान्जी हाउस निर्माण गरी छाडारुपमा देखिएका चौपायालाई व्यवस्थापन गरिरहेको नगर प्रमुख चक्रपाणी अर्यालले स्पस्ट पानुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षता सुरेन्द्र प्रसाद बेल्वासेको संचालनमा भएको कार्यक्रमा समन्वयका उप प्रमुख रमेश कुर्मी लगायतको बिभिन्न सुझावहरु दिएका थिए ।

जिल्लाका दश स्थानीयतहका प्रमुख, उप प्रमुखहरुको सहभागितामा सभा सम्पन्न गरिएको हो ।

प्रकाशित मिति : १९ पुस २०८० बिहिबार ००:००  ९ : २१ बजे