१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु



कपिलवस्तु ।
जीतपुर सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा नजिकै ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ।

बिहीबार साँझ सवा छ बजेतिर तौलिहवाबाट जीतपुर तर्फ जाँदै गरेको लु २ त ११६४ र ओदारीबाट तौलिहवा तर्फ जाँदै गरेको लु ५ प ६७४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा कपिलवस्तु नगरपालिका ३ गौढी टोलका २३ बर्षिय परदेशी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेर घटना स्थल मै उनको मृत्यु भएको थियो।

ट्याक्टर छाडेर चालक भने फरार भएका छन्। चालकको खाजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ। मृतकले गौढी चोकमा तरकारी बेच्दै आएका थिए।

प्रकाशित मिति : १९ पुस २०८० बिहिबार ००:००  ९ : १९ बजे