४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सहमति मै महेन्द्र मावि कोपवामा विद्यालय व्यवस्थापन समिति गठन



कपिलवस्तु ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ५ को महेन्द्र मावि कोपवामा सहमतिको आधारमा विद्यालय व्यवस्थापन समितिको चयन गरिएको छ ।

महेन्द्र मावि कोपवाको गत १८ गते संम्पन्न भेलाले ४ जना स्थानीय अगुवा बुद्धिजिवि, शिक्षाप्रेमीहरुलाई चयन गरेको थियो । जस अनुसार शनिबार सोही चार जना मध्येबाट दधिराम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

यस्तै विद्यालय व्यवस्थापन समितिमा २० वर्ष बढी अध्यापन गराई अवकास जीवन बिताउँदै आएका डिल्लीराज अर्याल सदस्य चयन भएका छन् ।

यस्तै उमा चौधरी, गोविन्दी थारु, राम नारायण चौधरी सदस्य बनेका छन् । महिला सदस्यमा माधवी आचार्य चुनिइन् । शिक्षक प्रतिनिधिमा भने स्थानिय शिक्षक विष्णु प्रसाद अधिकारी चयन भएका छन् ।

यस अगाडी निर्मला थारुको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन भएको छ ।

वडा नं. ५ का वडाध्यक्ष दुनिका भुसालले विद्यालयमा सहमितको आधारमा समिति गठन गरिएको बताए । सामुहिक एकता पनि सामुदायिक विद्यालयको पढाई नसुध्रिने भन्दै वडा भित्र यस्तो प्रक्रिया थालिएको उनले जनाए ।

प्रकाशित मिति : २१ पुस २०८० शनिबार ००:००  ४ : १५ बजे