५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिनर्जी सहकारीले राख्यो उत्पादन र बजारलाई प्राथमिकता



कपिलवस्तु ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले केन्द्रिय कार्यालय सहित चार वटा सेवा केन्द्रको तेस्रो वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको छ ।

सेवा क्षेत्र अन्तर्गत कार्यालयको केन्द्रीय कार्यालय केन्द्र रहेको बाणगंगा नगरपालिका वडा नं. १, २, ३ र ४ को कार्यालय प्राङगणमा, वडा नंं. ५, ६, ७ र ९ को जनचेतना आधारभुत विद्यालयमा, वडा नंं. ८ को जलेश्वरधाम बोडगाउँमा, वडा नं. १० र ११ को प्रगतिनगरमा एकैसाथ तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताए ।

साधारण सभामा गत आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन, नीति तथा कार्यक्रम एवम् प्रक्षेपित बजेट प्रस्तुत गर्दै छलफल गरिएको थियो ।

त्यस्तै कार्यक्रममा चालु आर्थिक बर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम, प्रस्तावित वजेट प्रस्तुत गरि छलफल गरिएको थियो ।

यस्तै लाभांस वितरण सम्बन्धमा, संस्थाको विजियम संशोधन सम्बन्धमा, नीति तथा कार्यविधि संशोधनरपुनर्लेखन सम्बन्धमा छलफल गरिएको थियो ।

आर्थिक बर्ष २०८०/८१ को लेखा परिक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने सम्बन्धमा, दीर्घकालीन ऋण लिने सम्बन्धमा र साधारण सभाको एकाई बैठकको निर्णय प्रमाणिकरण गर्ने प्रतिनिधि र साधारण सभा (केन्द्र) को निर्णय प्रमाणिकरण गर्न पठाउनु पर्ने एकाई प्रतिनिधिको चयन गर्ने लगायत विविध विषयमा एकाईगत छलफल भएको सहकारीका व्यवस्थापक दिनामणि खनालले बताए ।

साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डि.बी. रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सहकारीको आर्थिक बर्ष २०७९/०८० मा ९२ करोड ६४ लाख, ७० हजार ७ सय ५५ रुपैयाँ ८० पैसा बराबरको कुल दायित्व तथा पुंजी प्रस्तुत गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा सहकारीको शुद्ध मुनाफा ३ करोड ७४ लाख १८ हजार ६ सय ४६ रुपैयाँ रहेको छ ।

सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताए ।

अध्यक्ष बेल्बासेले कृषि, कृषि जन्य उद्यम, बजार प्रवद्र्धन, उद्यमशिलता विकास, रोजगार प्रवद्र्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवद्र्धनको अभिप्रायले समान कार्यक्षेत्र, सदस्यमा दोहोरोपना कम गर्दै क्रियाकलापमा एकरुपता एवम् श्रोत परिचालन आदिमा समानता भएका सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्ने स्पष्टताका साथ अगाडि बढेको बताए ।

अध्यक्ष बेल्बासेले आगामी दिनहरुमा दिर्घकालीन रणनैतिक योजना, पञ्चवर्षीय व्यवसायीक योजना र त्यसका आधारमा तय गरिने वार्षिक नीति, बजेट तथा कार्यक्रमका आधामा विस्तृत कार्ययोजना निर्माण गरी सहकारीलाई निर्दिष्ट गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै उनले साधारण सभा सभ्य रुपमा सफल पार्न आ-आफ्नो दायित्व पुरा गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे ।

सहकारीका सदस्यहरुको उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने, आवश्यक स्रोत कर्जा लगानी गर्ने र स्वरोजगार निर्माणमा योगदान गर्ने, सामुहिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, सीप र प्रविधिको विकासमा जोड दिने, सहकारीको माध्यमबाट समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने र समृद्धि हासिंल गर्ने जस्ता सहकारीको आगामी लक्ष्य रहेको अध्यक्ष बेल्बासेले बताए ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जितपुर, बनगाई, बोडगाउँ, ओदारी, प्रगतिनगर, भलवाड र वैदौली कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८० शनिबार ००:००  ५ : ०५ बजे